२०८१ बैशाख १३ , बिहिवार

६२३ मा कोरोना संक्रमण, ४८७ संक्रमणमुक्त

सुनाखरी न्युज /काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो ।

एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा चार सय ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार आठ सय ४५ पुगेको छ ।

 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ ।