२०८१ बैशाख ६ , बिहिवार

हर्क साम्पाङ भन्छन प्रधानमन्त्री बस्ने सहरको त बिजोग रहेछ

सुनाखरी न्युज / काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर नउठेसम्म ठूला कुरा नगर्न आग्रह गरेका छन । उनले फेसबुक लाइभमा उपस्थित भएर काठमाडौं सफा नभएसम्म प्रहार जारी रहने बताएका छन ।“जबसम्म काठमाडौंको फोहोर सफा हुँदैन, चारैतिरबाट प्रहार हुनेछ,” उनले भने, “काठमाडौं बिजोग भएको छ फोहोरले तर त्यहाँका मान्छे गीत गाउन छाड्दैनन ।”

 

यो आर्थिक वर्षमा धरानको विकासका लागि जाने बजेट संघीय सरकारले घटाइदिएपछि निराश उनी मेयरमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं आइपुगेका हुन् । धरानको विकाका एजेन्डासहित काठमाडौंमा गुनासो पोख्न आइपुगेका उनी यहाँ फोहोरको थुप्रो देखेर निराश नबेका छन् । काठमाडौंका सडक चिल्ला र फराकिला भए पनि फोहोरको डंगुरले आफ्नो मन दुखाएको उनले बताएका छन्। “जबसम्म काठमाडौंको फोहोर सफा हुँदैन, चारैतिरबाट प्रहार हुनेछ,” उनले भने, “काठमाडौं बिजोग भएको छ फोहोरले तर त्यहाँका मान्छे गीत गाउन छाड्दैनन ।” उनले सत्यलाई स्वीकार्न नसकेको देख्दा अचम्म लाग्ने बताएका छन ।

 

 

“काठमाडौंमा गएर हामीले केही भनिसकेपछि र स्टाटस लेखिसकेपछि युवा संघले काम गरेको हो,” उनले भने, “त्यहाँका मान्छे गन्हाएर बसेका थिए, काम गर है भनेको इगो हट भएछ । काठमाडौंको फोहोर सोहोरिसकेपछिमात्रै बोल्नुहोला । नगरपालिकाको मात्रै दायित्व होइन । मन्त्रालयले पनि हेर्नुपर्छ । सबै मिलेर गर्नुपर्छ । काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्योु, उनले भने, प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।