२०७९ आश्विन १९ , बुधवार

दक्षिण कोरिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज /काठमाडौं । दक्षिण कोरिया पठाइदिन्छु भन्दै नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ सितापाइला बस्ने झापा अर्जुनधारा नगरपालिका-८ घर भएका ३४ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ मुक्पाटर घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भु बस्ने ४० वर्षीय पुरुषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपैयाँ तलव पाउने गरी काम लगाइ दिने र यसका लागि नगद १० लाख रुपैयाँ लाग्छ भनि प्रलोभनमा पारी नगद ७ लाख ५० हजार रुपैयाँ लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।