२०८१ बैशाख ६ , बिहिवार

अपर तामाकोशी हाइड्रोपावरको एजीएम आज

सुनाखरी न्युज /काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको १००% हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आज  साधारण सभा ।

 

१:१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित साधारण सभा बस्न लागेको हो । साधारण सभा, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन १८ गते बुक क्लोज गरिएको छ । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

 

सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक जना महिलासहित ४ जना सञ्चालनहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै, साधारण सभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा रहेको छ ।