२०७९ आश्विन १६ , आइतवार

सुनको भाउमा गिरावट

gold

सुनाखरी न्युज /काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँ झरेको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो।