२०८१ बैशाख ७ , शुक्रवार

चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति खडका पक्राउ

सुनाखरी न्युज /भक्तपुर – चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।

 

महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो ।

 

भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो ।