२०८१ बैशाख १३ , बिहिवार

पूर्वगाउँपालिका अध्यक्ष शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते

सुनाखरी न्युज /खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते भएका छन ।

 

बिहीबार दिउँसो इटहरीबाट बाइक चढेर विराटनगर जाने क्रममा हलगडाचोकमा पछाडिबाट आएको होटलको माइक्रो भ्यानले ठक्कर दिँदा निवर्तमान गाउँपालिका अध्यक्ष राई गम्भीर घाइते भएका हुन ।

 

बाइकको पछाडि बसेको अवस्थामा माइक्रोको ठक्करबाट उछिट्टिएका राईको टाउकोको देब्रे साइडमा भित्री चोट लागेको एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्ष याम राईले बताए । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।