२०८१ बैशाख ६ , बिहिवार

कामना सेवा विकास बैंकद्वारा Merchant बोनस योजना सार्वजनिक

सुनाखरी न्युज /काठमाडौं ।कामना सेवा बिकास बैंकले आफ्ना Fonepay QR Merchant हरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ ।

 

यो योजना बैंकले आफ्नो Fonepay QR Merchant हरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि ०१ भाद्र, २०७९ देखि सुरु गरेको छ । QRकारोबारमा बोनसको बहार, Merchant हरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत QR Merchant हरुले QR प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५% वा रु.५०र– सम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।

 

बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको Digital Payment Year लाई टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।