२०७९ आश्विन २१ , शुक्रवार

कोरोना अपडेटः थप ५४२ मा कोरोना संक्रमण पुष्टि, ४२१ जना निको

corona

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ८२ पीसीआर परीक्षणमा २२४ र २ हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । २४ घण्टामा कुल ४ हजार ९३० नमुना परीक्षण गरिएको थियो ।

 

बिहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ ।

 

२४ घण्टामा ४२१ जना निको भएका छन् । सोही अवधिमा ९७ हजार ६५७ जनाले कोरोना खोप लगाएका छन् ।