२०८० चैत्र १५ , बिहिवार

शेयर बजारमा सुधार, २७.७२ अंकले बढ्यो नेप्से

सुनाखरी न्युज /काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन आज बिहिबार हरियाली छाएको छ । आज नेप्से २७.७२ अंकले बढेर दुई हजार ६८ दशमलब ४२ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्सेमा दुई अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

नेप्सेका अनुसार आज एनआइबीएल प्रगती फण्ड र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १० करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।