२०८१ बैशाख ७ , शुक्रवार

नयाँ बानेश्वरबाट मोटरसाइकल चोरेको आरोपमा युवक पक्राउ

सुनाखरी न्युज / काठमाडौं – ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौँ सिफलका रमोद ठाकुर लोहारको गत वैशाख २६ गते नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने पोखराका २४ वर्षीय अमर सुनारलाई आज पक्राउ गरेको हो ।

 

सुनारको साथबाट प्रदेश–२–०२० प ३९६८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बागमती प्रदेश–०२–०१५ प ८२१८ नम्बरको मोटरसाइकल चोरेर उनले नम्बर परिवर्तन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

 

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कालो रङको पल्सर मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाउँदै गरेको अवस्थामा सुनारलाई पकनाजोलबाट पक्राउ गरिएको जानकारी दिए । सो मोटरसाइकल वैशाख २६ मा बानेश्वरबाट हराएको थियो । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत नयाँ बानेश्वरमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।