२०८१ बैशाख १३ , बिहिवार

महानिरीक्षक सिंह बाट वृक्षारोपण कार्यक्रम सम्पन्न

सुनाखरी न्युज / बिराटनगर । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र वृक्षारोपण गर्नु भएको छ ।

 

प्रदेश स्तरिय अपराध अनुसन्धान सुरक्षा गोष्टीको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय पाल्नु भएका संगठन प्रमुख प्र.म.नि. सिंहले आज कार्यालयको हाता भित्र आयोजित एक कार्यक्रमका बिच वृक्षारोपण गर्नु भएको हो । वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, प्रहरी बरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङ, १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटा समेतले बृक्षारोपन गर्नु भएको छ ।

 

वृक्षारोपण कार्यक्रम अगावै संगठन प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई प्रदेश प्रहरी तालिम केन्द्रको एक टुकडीले सलामी अर्पण गरेको थियो भने प्र.म.नि. सिंहले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । यसैक्रममा संग्ठन प्रमुख प्र.म.नि. सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको कार्यालय भवन अवलोकन निरीक्षण समेत गर्नु भएको थियो ।