२०८१ बैशाख १३ , बिहिवार

ट्राफिक प्रहरीको विशेष चेकिङ १ सय १४ जना चालक कारवाहीमा

सुनाखरी न्युज /काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेका बिद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ अभियान अन्तरगत आज ११४ जना चालकहरु कारवाहीमा परेका छन ।

जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरि सवारी साधन चलाउने ४८ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना , लापरवाहीका साथ सवारी चलाउने ११ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८ जना, हेल्मेट नलगाउने ३ जना र दुई पाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना चालकहरु कारवाहीमा परेका छन ।