२०८१ बैशाख १३ , बिहिवार

सानिमा बैंकको “सानिमा फेमिली सुपर सेभिङ्ग” खाता

सुनाखरी न्युज /काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुकालागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ ।

 

नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो।वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाख रूपैयाँको दुर्घटना बीमा, ३ लाख रूपैयाँको ६ घातक रोगहरुको बीमा, २५ हजार रूपैयाँको अवधिक जीवन बीमा र ५ हजार रूपैयााको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको व्यवस्था गरेको छ ।

 

यसबाट ग्राहकहरुलाई औषधी उपचार खर्च गरी बीमा बापत् सोध भर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने बैंकले जनाएकाे छ । सानिमाका ग्राहकले आफ्नो बीमा पोलीसी नं उपलब्ध गराएर औषधी उपचार गराउन सक्दछन् । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ । साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान गरेको छ ।