२०८१ बैशाख ४ , मंगलबार

जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङ्ग, बिराटनगरमा शुद्ध खानेपानी जडान

सुनाखरी न्युज /काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कटहरीको संयोजकत्वमा कारागार कार्यालय मोरङ्ग, बिराटनगरमा शुद्ध खानेपानी जडान गरिएको छ ।

 

कारागार कार्यालय मोरङ्ग, बिराटनगरमा लगभग ११०० कैदी रहेका छन यस खानेपानी जडानले त्यहा रहेका ११०० कैदी लाभान्वीत हुनेछन । उक्त कारागारमा पानीमा CONDUCTIVITY, IRON (EF) ,MANGANESE (MN) र ARSENIC (AS) को मात्रा बढी भई छाला सम्वन्धि एलर्जी, लुतो र पेटको रोगहरुको समस्या देखा परेको थियो । अब उप्रन्त यस प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने संस्थाको विस्वास छ । यस जडित प्लान्टको नाम Water Treatment Plant 1000 LPH) UV Plant रहेको छ ।

 

जम्मा प्लान्ट संख्या ः ३ वटा रहेका छन भने उक्त प्लान्ट जडान गर्न सहयोगी संस्थाहरु जीवन विकास लघुवित्त वित्तीय संस्था लि.का साथै फरर्वाड लघुवित्त वित्तीय संस्था लि., गुराँस लघुवित्त वित्तीय संस्था लि. र सपोर्ट लघुवित्त वित्तीय संस्था लि. रहेका छन र यस प्लान्ट तयार पारुन्जेलको लागत रु ४ लाख रहेको संस्थाले जनाएको छ ।