२०८१ बैशाख १३ , बिहिवार

ट्राफिक प्रहरीको विशेष चेकिङ ५१ जना कलेजका विद्यार्थी सहित ३ सय २८ जना चालक कारवाहीमा

सुनाखरी न्युज /काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तरगत आज ५१ जना चालकहरु कारवाहीमा परेका छन् ।

 

कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारवाहीमा परेका छन् ।

 

त्यस्तै आज बिहानको नियमित चेकिङमा ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना , एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । त्यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक पनि कारवाहीमा परेका छन ।