२०८१ बैशाख १३ , बिहिवार

माछापुच्छ्रेले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम-स्मार्ट नयाँ सुविधा

सुनाखरी न्युज /काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ– नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBL M-Smart df SMART LOAN AGAINST FIXED Deposit सुविधाको सुरुवात गरेको छ ।

 

उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा LOAN AGAINST FIXED Deposit सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

 

बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले यो सुविधा संचालनमा ल्याएको जनाएको छ ।माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा LOAN AGAINST FD सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।

 

यस एमबीएल एम –स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले आफैले दर्ता गर्न सक्ने, मोवाईल फोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाटनै कर्जा लिन सक्ने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् । बैंकले एमबीएल एम –स्मार्ट लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको जनाएको छ ।