२०८० चैत्र १५ , बिहिवार

पुरुष चाहिँदैन् भन्दै दीया र बाती हमकी अभिनेत्रीले आफैसँग गरिन् विवाह

सुनाखरी न्युज /  ‘सोलोगेमी’ अर्थात आफैंसँग विवाह गर्ने अवधारणा विश्वभर तीव्र गतिमा बढिरहेको छ । हालै ‘दिया और बाती हम’ फेम कनिष्का सोनीले आफैंसँग विवाह गरेपछि सोलोगामी फेरि चर्चामा आएको छ । यसअघि गुजरातकी क्षमा बिन्दुले आफूसँग विवाह गरेकी थिइन । कनिष्काले अगस्ट १६ मा सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन । परिवर्तित समयसँगै विवाह र सम्बन्ध बारे पनि मानिसहरुको सोच परिवर्तन भइरहेको छ । आजकालको यो आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् ।

 

अभिनेत्रीले सिन्दुर र मंगलसूत्र लगाएको पोस्ट आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन । यसको क्याप्शनमा अभिनेत्रीले लेखेकी छिन ‘मैले बिहे गरेकी छु । किनकी म मेरो सपना आफै पुरा गर्छु । मैले माया गरेको मान्छे, त्यो मान्छे म आफै हुँ। मलाई सोधिने सबै प्रश्नको जवाफ दिनुहोस मलाई कहिल्यै पुरुषको आवश्यकता परेन ।’उनले लेखेकी छिन ‘मैले आफैँसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैँले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ । मलाई कोही पुरुष चाहिँदैन ।

 

 

म आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुसी छु । म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ । धन्यवाद ।’कनिष्काको करियर निकै राम्रो चलिरहेको थियो तर त्यही बीचमा उनले टिभी दुनियाँ छोड्ने निर्णय गरिन् । जसको पछाडिको कारण भने अभिनेत्रीले हलिउड करियरलाई बताइन् । मिडियालाई दिएको पुरानो अन्तर्वार्तामा कनिष्काले अब आफ्नो अभिनयलाई उच्च स्तरमा लैजान चाहने भएकाले हलिउडमा ध्यान केन्द्रित गर्न चाहेको बताइन् । यति मात्र होइन, अभिनेत्रीले क्यानडाका चर्चित निर्देशकको सर्ट फिल्ममा पनि भूमिका पाएको बताइन । एजेन्सी