२०८० चैत्र १६ , शुक्रवार

काठमाडौं क्षेत्र नं ६ मा ईन्जिनियर दिपु उप्रेतीको उम्मेदवारी

सुनाखरी न्युज /काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा काठमाडौं क्षेत्र नं ६ मा स्वतन्त्रबाट ईन्जिनियर दिपु उप्रेतीले उम्मेदवारी दिनेभएका छन् । चुनावको मिति तोकिए संगै दल वा स्वतन्त्रको तर्फबाट उम्मेदवारी घोषणा गर्न थालिएको छ ।

 

२०७४ सालको भन्दा यस पटकको चुनाव विशेष हुने देखिन्छ । हरेक चुनाव विशेष नै हुने गर्दछ तर यस पटक दल लाई हम्मेहम्मे पर्ने गरी स्वतन्त्रको लहर चलेको छ । जताततै स्वतन्त्रको चर्चा छ । दलगत उम्मेदवारलाई परास्त गरी स्वतन्त्र रुपमा आउने उम्मेदवारलाई जिताउने तयारीमा छन् आम जनता । दिन प्रति दिन चुनावी माहोल तात्दै गईरहेको छ । सोहि सन्र्दभमा काठमाडौंमा कुन दलबाट को उम्मेदवार बन्ने भन्ने होडवाजि चलिरहेको छ । सत्ता पक्षका दलहरु गठबन्दनको तयारीमा छन् भने उता नेकपा एमाले पनि आफ्नो माहोल तयार गर्दैछ । यसै बिच ६ नम्बर क्षेत्रबाट आफूलाई स्वतन्त्र उमेदवार घोषणा गर्ने तयारीमा छन् तार्केश्वोर नगरपालिकाका युवा दिपु उप्रेती । उनी पेसाले ईन्जिनियर हुन् । समग्र काठमाडौंको भूगोललाई राम्रो संग अध्ययन गरिरहेका छन् ।

 

६ नम्बरमा धेरै नेता जन्मायो, धेरै मन्त्री पायो त्यो पनि पटक पटक तर खै किन र के ले रोक्यो विकाश ? यस्ता कयौँ प्रश्नको उत्तर संगै विकाशको खाकाँ बोकेर स्वतन्त्र रुपमा समग्र विकाश गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका छन् उप्रेती । विभिन्न दलका शिर्ष नेता रहेको स्थान भए पनि तार्केश्वोर जनता आज सम्म पनि सडककै कारण पछि पर्नु र्दुभाग्य भएको ईन्जिनियर उप्रेतीको ठहर छ । नेताहरुको क्षमताले भ्याय सम्मको विकाश त गरे तर अबको विकाश पुरानै शैली र योजनामा गरेर सम्भव छैन् । विकाशमा नयाँ प्रविधि, नयाँ सोच भित्र्याउनु जरुरी छ । त्यसका लागि सर्वप्रथम अब जनताले नेतृत्व परिवर्त गर्न आवश्यक छ । पार्टीका उम्मेदवार जिताएर सोहि पार्टीका नेता कार्यकर्ताको मात्र विकाश भयो तर जिल्ला र क्षेत्रमो अवस्था ज्यूँका त्यूँ । त्यसैले पनि अवको नेतृत्व युवा, शिक्षित, प्रविधियुक्त र स्वतन्त्र हुनुपर्ने जनताको माग र जनताको विकाश नयाँ ढंगबाट गर्ने खाकाँ सहित आफू चुनावी मैदानमा उत्रिएको उप्रेतीले बताए । आगामी निर्वाचनमा सत्ता पक्षले गठबन्धन गर्ने भए संगै कुन पार्टीको भागमा कुन क्षेत्र पर्ने भन्ने चर्चा रहेको छ ।

 

समग्रमा हेर्दा यस पटक पनि ६ नम्बर क्षेत्रमा दलहरुले पुरानै उम्मेदवार उठाउने सम्भावना बढी छ । त्यसो हुदाँ जनता पुराना नेताको सट्टा विकल्पमा अबको नेतृत्व युवा, शिक्षित, प्रविधियुक्त र स्वतन्त्र हुनु पर्छ र त्यस्ता उम्मेदवारबाट मात्र अबको विकास सम्भव छ भन्ने पक्षमा छन् । तार्केश्वोर विकाश नहुनु नै विकाशका नयाँ रुपरेखा नकोरिनु हो भन्ने भनाई उप्रेतीको छ । अहिले सम्म नेताहरुले विकाशका नाममा बजेट त हालिरहेका छन् तर कहाँ र कस्तो ठाउँको विकाशमा कस्तो विकास योजना छ भन्ने अत्तोपत्तो छैन् । अग्ला डाडामा भ्युटावर बनिरहेको छ । त्यहाँ पुग्न सहज सडकको निर्माण भएको छैन् अनि के काम लाग्यो त्यो भ्युटावर, कसरी विकाश मान्ने त्यसलाई ? एउटाले आर्को दल र नेतालाई गालि गर्दैमा नेताको समय विति रहेको छ । तर जनताले सधै सोहि कारण दुख भोगि रहेका छन् । स्थानिय तह संग केन्द्रका प्रतिनिधिले सहकार्य गरेको भए पनि आज उक्त सडक निर्माण हुने थियो । आजको मुख्य समस्या नै केन्द्रका प्रतिनिधि र स्थानिय तहको प्रतिनिधि बिच समन्वय नहुनु हो । वर्षमा एक पटक बजेट हाल्दैमा ठूलो बिकासको काम गरे भन्ने भ्रम हाम्रा नेताहरुमा छ । अब त्यस्तो भ्रमलाई र्चिदै स्थानिय पालिका संगको समन्वयमा विकाश गर्ने लक्ष्य रहेको उप्रेतीको भनाई छ ।

 

स्थानिय सरकारका राम्रा कामलाई सर्मथ गर्दै गलत कामलाई खबरदारी गर्नुपर्ने मान्यता उप्रेतीको छ । विकासको खाकाँ आफैले तयार गरेर सोहि अनुसार बजेट विनियोजन गर्ने हो भने नुवाकोटको विकास गर्न समयनै लाग्दैन । जिल्लामा अझै पनि व्यवस्थीत खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्य जस्ता अत्यावशेक कुरा सहज हुन सकेको छैन् । पार्टीका कार्यकर्तामुखि बजेटको योजनाका कारण नै तार्केश्वोर आज सम्म पनि विकाशमा पछि परिरहेको छ । यस्तो पद्धतिको अन्त्य गरि समृद्धि र दिगो विकाशका लागि आफूले आगामि निर्वाचमा संघिय क्षेत्र नै रोजेको उनले बताए । छिट्टै नै आफ्ना एजेण्टाका साथ हरेक छेत्र नम्बर ६ का निवासि सम्म पुग्ने उनले बताए ।