२०८० चैत्र १६ , शुक्रवार

८४८ सङ्क्रमित थपिए, एकजनाको मृत्यु

सुनाखरी न्युज /काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज आठ सय ४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार छ सय १९ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

 

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ५९ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय २६ घर फर्किएका छन् । यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९० को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ ।

 

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, मुगु, डोल्पा, जुम्ला र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार ६२, संस्थागत आइसोलेसनमा एक सय ९७, सघन उपचार कक्ष (आइसियु)मा ६८ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ९० हजार चार सय ४७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।