२०८१ बैशाख १३ , बिहिवार

विन्ध्यवासिनी मा विको नवनिर्मित भवनको उद्घाटन,सवै पक्ष चनाखो भएमात्र शिक्षामा गुणस्तर आउछ : राष्ट्रपति भण्डारी

शिशिर पौडेल / पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा आवस्यक पर्नेमा जोड दिनुभएको छ । पोखराको वाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको नवनिर्मित पक्की भवनको उद्घाटन तथा हीरक जयन्ती समापन कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गिण विकासका लागि दक्ष जनशक्ति चाहिने र सो को लागि पनि सामुदायिक विद्यालयको शिक्षा थप गुणस्तरीय हुनुपर्ने वताउनुभयो ।

 

उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानाध्यापक चनाखो भए मात्र शिक्षामा गुणस्तर ल्याउन सकिने वताउदै विन्ध्यवासिनीले प्राप्त गरेको सफलतामा खुसी व्यक्त गर्नुभयो । उहाँले सामाजिक चेतनामा राष्ट्र र राष्ट्रियता झल्लकने वताउँदै भण्डारीले भन्नुभयो ( शिक्षाले समाजको चेतनालाई प्रतिविम्वीत गर्छ । उहाँले विद्यालयमा प्रावीधिक शिक्षाको वातावरण वनाउन पनि सुझाव दिनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले गुणस्तरीय शिक्षा विना सोचे अनुरूपको समृद्धि ल्याउन नसकिने वताउनुभयो । उहाँले विद्यालयले गरेको प्रगतिले प्रदेशकै शिर उचो भएको भन्दै खुशी व्यक्त गर्नुभयो । पोखरा महनगर पालिकाका प्रमुख धनराज आचार्यले विद्यालयले संचालन गर्ने प्राविधिक शिक्षाका लागि महानगरले सहयोग गर्ने वताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले हीरक स्तम्भको अनावरण गर्नुका साथै नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो।सो अवसरमा हीरक जयन्ती मुल समारोह समिति , व्यवस्थापन समिति, निर्माण तथा अनुगमन समितिका व्यक्तिलाई सम्मान पत्र प्रदान गरिएको छ ।

 

यश अघि साउदी सरकारको सहयोगमा निर्माण गरिएको भवनको चावी मेयर धनराज आचार्यले व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा कुमारी अधिकारी थापा र प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो ।समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधीकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाइका निर्देशक रामशरण सापकोटा , विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सल्लाहकार दान व वानिया, लगायतले विद्यालयलाई नमुना वनाउन तर्फ सवै पक्ष लाग्नुपर्ने वताए । राष्ट्रिय सेवा दलका विद्यार्थीले खुकुरी नृत्य तथा गितकार तिर्थ तामाङले लेखेको स्वागत गितमा विद्यार्थीले नृत्य सहित सास्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक रामवहादुर वानियाँले गर्नुभएको थियोे ।विद्यार्थी निशान परियारले पेनसिल कलर प्रयोग गरि तयार पारेका राष्ट्रपति भण्डारीको स्क्ेच राष्ट्रपतिलाई सोही अवसरमा हस्तान्तरण गरे । राष्ट्रपति आउदा त्यस क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा वनाईएको थियोे ।