२०८० चैत्र १६ , शुक्रवार

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शो रुम सञ्चालनमा

सुनाखरी न्युज /काठमाडौं । नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

 

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो । नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरू लाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताउनुभयो । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवादिन नयाँ सुविधाहरू थपिएको उहाँको भनाई छ । टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिईरहेको उहाँले बताउनुभयो ।

 

कार्यक्रम स्याङजा जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यस क्रममा स्याङजा जिल्लाप्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायवउपरिक्षक राजेशलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिती रहेको थियो ।

 

जगदम्बा मोटर्स प्रा. लि.टिभिएसको एक मात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमाआफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ। आज, टिभिएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।