२०८० चैत्र १६ , शुक्रवार

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २८ जना पक्राउ

सुनाखरी न्युज /काठमाडौं । काठमाडौं, गोकर्णेश्वउर नगरपालिका-५ जोरपाटीस्थित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय निमा शेर्पाको खाजा घरबाट जुवातास खेलिरहेको अवस्थामा निमा शेर्पा लगायत १५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरभित्र अनलाईन बिङगो खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-२ सानोभर्याहङ डेरा गरी बस्ने धनकुटा घर भएकी ५१ वर्षीया शुशिला लिम्बुको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा लिम्बु लगायत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लिम्बुको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-२२ कुमिया घोल बस्ने ४५ वर्षीय बिष्णु राज महतोको घरमा तास खेलिरहेको अवस्थामा महतो लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिष्णुको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ५ सय रुपैयाँ र १५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।