२०७९ आश्विन १८ , मंगलबार

टानको अध्यक्षमा बास्तोला निर्वाचित

सुनाखरी न्युज /काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा नीलहरि बास्तोला निर्वाचित हुनुभएको छ । काठमाडौंमा सोमबार सम्पन्न अधिबेशनबाट प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई पछि पारेर बास्तोला विजयी हुनुभएको हो ।

 

त्यसै गरी समितिकाे अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित हुनुभएको छ ।

 

समितिको अन्य सदस्यहरुमा महिला सदस्य सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पादोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ ।