२०८१ बैशाख १३ , बिहिवार

होटलको कोठामा महिला बेडमै मृत, पुरूष झुण्डिएको अवस्थामा भेटिए

सुनाखरी न्युज /काठमाडौं । यहाँस्थित फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा भेटिएका छन् ।

 

होटलको कोठा नं. १३४ मा महिला बेडमै मृत अवस्थामा रहेको र पुरुष पंखामा पासो लाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतकमध्ये अन्दाजी ३५–३६ वर्ष उमेरका सिताराम भुजेल धादिङको कुम्पुर घर भएका हुन् भने अन्दाजी ३३ वर्षकी पुष्पा नामकी महिलाको घर दाङमा रहेको बुझिएको छ । उक्त होटमा उनीहरु आइतबार राति सँगै बसेको र सोमबार बिहान मृत भेटिएको बताइएको छ ।

 

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार महिलाको शव पलङमै उत्तानो परेको अवस्थामा भेटिएको थियो । पुरूष भने सोही कोठाको पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् । महिलाका श्रीमान विदेश रहेको र उनी पछिल्लो एक–दुई महिनादेखि हराइरहेको भन्ने सुन्नमा आएको प्रहरीको भनाइ छ । तर पूरा पहिचान र थप विवरण खुल्न सकेको छैन । मृतक दुवैको शव पोस्टमार्टमका लागि लगिएको छ ।