२०८१ बैशाख ७ , शुक्रवार

सुनको भाउ तोलामा ७०० ले घट्दा चाँदी १५ रुपैयाँले सस्तियो

सुनाखरी न्युज /काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको छ ।

 

मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ १५ रुपैयाँ घटेको हो । आइतबार तोलामा ५०० रुपैयाँले उकालो लागेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो । यस्तै हिजो चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

 

महासंघका अनुसार हिजो सोमबार छापावाल सुन ९७ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ९०० रुपैयाँ तोकिएको थियो । चाँदी १ हजार २३५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।