२०८१ बैशाख ११ , मंगलबार

समृद्धि फाइनान्सद्धारा हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण

सुनाखरी न्युज /काठमाडौं । समृद्धि फाइनान्सले हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौडाउ.म.न.पा.वडा न.१मा रहेको श्री अमर माध्यमिक बिधालय,काठमाडौँको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक बिधालय र बुटवल वडा न.११मा रहेको श्री मायादेवी जन जागृति आधारभूत बिधालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो।

 

यस कार्यक्रमअन्तरगत २७०जना बिधार्थीहरुलाई १,३५० थानकापी र २७०थान पेनवितरण भएको यस संस्थाका का.मु. प्रमुखव्यवसाय प्रवद्र्धन अधिकृत श्रीसुरज कुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले श्रावण २५ गतेनारायणगढभ.म.न.पा.वडा न.१ मा रहेको श्री राष्ट्रिय आधारभूतबिधालयर पोखरा वडा न. २१ मा रहेको श्री बयाली आधारभूत बिधालयमा पनि शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो। फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ।

 

फाइनान्सले मुद्ति निक्षेपमा सर्वाधिक१२.२५%, र बचत निक्षेपमा अधित्तम१०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्ति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनापनि संचालनमाल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।