२०८० चैत्र १५ , बिहिवार

राष्ट्रपति भण्डारीद्धारा अन्नपूर्ण केबलकारको अवलोकन

सुनाखरी न्युज / पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौडेलले जानकारी दिए ।

 

राष्ट्रपति भण्डारीले अबलोकनका साथै केबलकारमा सबार समेत गरेकी थिइन् । अबलोकनको क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य,प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र केबलकारका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन आएकी उनले मङ्गलबार बिहान ८.३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने र मङ्गलबार नै दिउँसो १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।