२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेटः २४ घण्टामा ८८८ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७३७ कोरोना परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल ५०० भन्दा बढी सकृय संक्रमित रहेको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला कैलाली रहेको छ । शुन्य स‍ंक्रमित रहेका जिल्ला मना‍ङ,कालिकोट,हुम्ला र डोल्पा रहेका छन् ।

३ हजार १ सय ५५ पीसीआर परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय ८२ एन्टिजेन परीक्षणमा ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

त्यसैगरी निको हुनेको संख्या भने ४७४ रहेको छ । सोमबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार ६४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।