२०८१ बैशाख ७ , शुक्रवार

शेयर बजारमा सुधार, ५५.८८ अंकले बढ्यो नेप्से

सुनाखरी न्युज /काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले बढेको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार भने करिब ५६ अंकले बढेको हो ।

 

आज नेप्से ५५.८८ अंकले बढेर दुई हजार ६५ दशमलब ८९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १० कम्पनीको शेयरमूल्य ९ प्रतिशत भनदा बढीले बढेको छ ।

 

नेप्सेका अनुसार आज रिडी पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २१ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।