२०८० चैत्र १६ , शुक्रवार

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी

सुनाखरी न्युज /काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् । बौगिन भिल्ला इभेन्टसमा सम्पन्न साधारणसभाले बोगटीलाई ३ वर्षको लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले ११ सदस्य कार्यसमिति चयन गरेको छ ।

कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा दिल कु.विशंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा प्रमेश विसुन्के, राजन रम्तेल, योगश कुमार नेपाली, राजुन नेपाली (मिजार) र रोशन रोक्का रहेका छन् । नेपाल छाला जुत्ता उत्पादक संघका निवर्तमान अध्यक्ष बासु रोक्का (नेपाली)को अध्यक्षमा भएको साधारणसभाको प्रमुख अथितिमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा रहेका थिए ।

त्यसै गरी कार्यक्रममा व्यापार तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत मेघनाथ रिजाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ र नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्य लगायतका उपस्थिति रहेको थियो ।