२०८१ बैशाख १३ , बिहिवार

एनएमबि हाइब्रिड फण्डएल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिमदिन

सुनाखरी न्युज /काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिमदिन रहेको छ ।

 

दुवै फण्डले आर्थिक वर्ष २०७८÷७९ को लागि योजनाको इकाईधनीहरु लाई क्रमशः२१.०५२६३प्रतिशतलाभांश घोषणा गरेको छ ।योजनाको लाभांशवितरण प्रयोजनार्थ भोलि अर्थात मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिदैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायमइकाई धनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् । एनएमबि क्याटिलद्वारा प्रबदित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्ना नुसार रहेको छ ।

साथै एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना“एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२”२०७९ श्रावण २६ गते देखि निष्काशनभईरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा श्रावण ३१ गतेसम्म आवेदनदिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदनदिन सकिनेछ ।