२०८१ बैशाख १३ , बिहिवार

बञ्चरेमै रोकिए फोहोर बोकेका गाडी

सुनाखरी न्युज /काठमाडौं । उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा पुगेका गाडी आज पनि रोकिएका छन् ।

 

धुनीबेंसी–१ मा फोहोर बिसर्जन फर्केका र फोहोर बोकेर पुगेका गाडी धुनिबेंसी– १ मा स्थानीय राजनीतिक दलले रोकेको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

 

महानगरका अनुसार कांग्रेस, माओवादी र नेकपा एसका प्रतिनिधिले संयुक्त पत्र लेख्दै बञ्चरेडाँडामा फोहोरमैला दीर्घकालीन रुपमा बन्द गर्न आग्रह गरेका थिए । बञ्चरेडाँडा फरक फरक माग राख्दै भएको अवरोधले काठमाडौंको फोहोर महिनौंदेखि उठेको छैन ।