२०८१ बैशाख १२ , बुधवार

रियलमी“सुपर डान्सर नेपाल”को मुख्य प्रायोजक

सुनाखरी न्युज /काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाईटल स्पोन्सर गर्ने भएकोे छ । यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।

 

हस्ताक्षर समारोहमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नु भयो, “प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’सँग साझेदारी गर्न पाउदाहामीउत्साहितभएका छौँ। बालबालिका भविष्यका प्रतिनिधि हुन् । नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्नपाउँदा धेरै खुशीलागेको छ । हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै धेरै शुभकामनादिन चाहन्छौँ ।”सुपर डान्सर नेपालका निर्देशक भुषण दाहालले भन्नुभयो, “रियलमी सँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै खुशी छाँयुवा र बालबालिकाहरु केन्द्रितब्राण्ड रियलमीसँगको साझेदारीले पक्कै पनिहाम्रो शोमाउत्साह र स्फूर्ति थपिएको छ । आगामीदिनहरूमा पनि यो साझेदारी अझै मजबुत रहिरहने र नेपालको युवा तथा बालबालिकाको क्षेत्रमा सहकार्यका साथकाम गर्ने आशा राखेका छौं ।

 

भारतमा लोकप्रियता पाएको यस शोले नेपाली दर्शकहरू बाट पनिउत्तिकै माया पाउने आशा राखेका छौं । देश तथा देश बाहिर रहेका महत्वाकांक्षी र प्रतिभाशालीनर्तकहरू लाई प्लाटफर्म प्रदान गर्न हामीले शारीरिक अडिसनमा मात्र सिमितन भई डिजिटल अडिसनबाट पनि सहभागीहरू लिइरहेका छौं ।”देशव्यापी रुपमाचल्ने ‘सुपर डान्सर नेपाल’कान्तिपुर टेलिभिजन बाट यहि श्रावण २६ देखि हरेक बिहीबार र शुक्रबार राती ९ बजे प्रसारण भई रहेको छ । सुपर डान्सर नेपालका लागि सुपर जजको रुपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रमलाई कविता नेपाली र विल्सन विक्रम राईले सञ्चालन गर्नेछन् ।