२०८१ बैशाख ६ , बिहिवार

टेलिकमको खुद नाफा १७.५४% बढ्दा इपीएस ४६ रुपैयाँ ५६ पैसा

सुनाखरी न्युज /काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

 

टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा १७.५४% ले धेरै हो । अघिल्लो वर्ष यसले ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो । यता, टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष टेलिकमले सेवा व्यापारबाट ३५ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक बढाएर ३७ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ अर्ब २७ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ ।

 

हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ३९ रुपैयाँ ६१ पैसाबाट बढेर ४६ रुपैयाँ ५६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५२८ रुपैयाँ १३ पैसा छ ।