२०८१ बैशाख ४ , मंगलबार

आज अगस्ट -१५ याने भारतीय स्वतन्त्रता दिवस 

किरण गिरी । आज अगस्ट १५ (साउन ३०) ७६औँ भारतीय स्वतन्त्रता दिवस। पाकिस्तानको स्वतन्त्रता दिवस पनि आजै हुनुपर्नेहो। तर पाकिस्तानले हिजै यो दिवस मनाउने गर्छ । भारत भने पाकिस्तानको स्वतन्त्रता दिवस (१४ अगस्ट) लाई ‘कालो दिवस’ भनी निन्दा गर्नेगर्छ ।

भारतको स्वतन्त्रता बिना नेपालमा प्रजातन्त्र, विकास र नवयुगको ढोका खुल्न असम्भव छ भन्ने धरातलीय वास्तविकता बुझेर नै नेपालका नेताहरू भारतको स्वतन्त्रतामा सक्रियतापूर्वक सरिक भए । जननायक बीपी कोइराला, सर्बोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, डा. डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, रामजनम तिवारी, मात्रिकाप्रसाद कोइराला, गजेन्द्रनारायण सिंह, रामचन्द्र साह, बलराम नायक, गोबर्धनबहादुर कार्की, मनमोहन गुप्ता, रुद्रप्रसाद गिरि आदि नेपाली प्रजातन्त्रवादीहरू भारतको स्वतन्त्रता संग्राममा सक्रियताका साथ सहभागी भएका थिए ।भारतीय स्वतन्त्रतासँगै सबै भूभाग स्वतन्त्र भारतमा आउन सकेनन् । गोवा, हैदरावाद, जुनागढ र काश्मिरको समस्या पहिलो आमनिर्वाचन (१९५१–१९५२) सम्म यथावत थियो।

 

काश्मिर भारतमा बिलय गराउने ९ बुँदे दस्तावेज (यसको पूर्णपाठ मसँग छ) मा एकातिर काश्मिरका राजा हरि सिंहले अर्कातिर भारतका अन्तिम गभर्नर जनरल लर्ड माउन्टबेटनले १९४७ अक्टोबर २७ मा सही गरे पनि काश्मिर मामिलालाई पाकिस्तानले आजसम्म भारतसँग शत्रुताको मूल विषय बनाएर उठाइरहेकै छ, जसलाई लिएर दुई देशबीच ३ पटक युद्ध भईसक्यो र कुनैपनि बेला चौथो सम्भावित युद्धको लागि दुवै मुलुक तयारी अबस्थामा रहेको अनुमान गर्न सकिन्छ । चीन–भारत युद्ध (१९६२) मा चिनिया सेना भारतको भित्री भागसम्म लखट्दै आएर शर्मनाक पराजय भोग्नुपरेको चिन्ताबाट नेहरुलाई लागेको भयानक झट्का र त्यसकै कारण मुटुको रोगले उनी ओछ्यान परे, आफ्नो पुर्ख्यौली भूमि काश्मिरमा यी कश्मीरी पण्डित धेरै महिना आरामको लागि बसे स्वतन्त्रतापछि १७ वर्षसम्म भारतको प्रधानमन्त्री रहेका पं. जवाहरलाल नेहरु (१८८९–१९६४) ले भारतीय स्वतन्त्रताको पूर्वसन्ध्या (१४ अगस्ट) मा भारतीय संविधानसभामा बोल्दै उक्त वाणी दिएका थिए । जसलाई ‘ट्राइस्ट विथ डेस्टिनी (१९४७)’ नामक पं. नेहरुको भाषणको सँगालोबाट झिकिएको हो ।

पत्रकार चन्द्रमणि गौतम का अनुसार उनको उक्त भाषणको पूर्ण रुप यस्तो छ :-
“The ambition of the greatest men of our generation has been to wipe every tear from every eye. That may be beyond us, but so long as there are tears and suffering, so long our work will not be over.”
“And so we have to labour and to work, and work hard, to give reality to our dreams. Those dreams are for India, but they are also for the world, for all the nations and peoples are too closely knit together today for any one of them to imagine that it can live apart. Peace has been said to be indivisible; so is freedom, so is prosperity now, and so also is disaster in this One World that can no longer be split into isolated fragments.”

अगस्ट १५ भारतीय स्वतन्त्रता दिवसको यस पुनीत अवसरमा एक नेपाली सचेत नागरिक , राजनीतिक क्षेत्रमा कलम चलाउने सशक्त पत्रकार एउटा राजनीतिक सञ्चार कर्मी को तर्फबाट छिमेकी मित्र राष्ट्र भारत सरकार र भारतीय जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाल भारत सम्बन्ध नयाँ शिरा बाट अगाडि बढ्ने छ भन्ने बिश्वास समेत व्यक्त गर्दछु ।

खोज तथा लेखन – किरण गिरी नेपाली कांग्रेसका केन्द्रीय नेता , निबर्तमान केन्द्रीय सदस्य एबं हाल महासमिति सदस्य हुन ।