२०८० चैत्र १६ , शुक्रवार

नेपाली क्रिकेटमा टेक्निकल सुधार महत्वपूर्णः मुख्य प्रशिक्षक प्रभाकर

सुनाखरी न्युज /काठमाडौं । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले केहि महिनाभित्रै नेपाली क्रिकेटमा धेरै सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्ने बताउनुभएको छ ।

 

काठमाडौंमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा प्रभाकरले नेपाली टीममा देखिएको टेक्निकल कमजोरीलाई सुधार गर्दै केहि महिनाभित्रै नेपाली क्रिकेटमा धेरै सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले राम्रो ब्याट्सम्यान बन्नका लागि पावरमात्रै सबै कुरा नभएको र टेक्निकल सुधार महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

 

विश्वका सफल खेलाडीहरु पावरमा भन्दा पनि टेक्निकल खेल खेलिरहेको उहाँको भनाई छ । उहाँले एक दिनको नेपाली खेलाडीसँगको बसाइमा पावरका साथै टेक्निकल कमजोरी सुधार गर्ने क्षमता देखिएको जिकिर गर्नुभयो । प्रभाकरले आगामी खेलहरुमा शतप्रतिशत नतिजा निकाल्ने गरी तयारी गर्ने बताउनुभयो । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।