२०८० चैत्र १६ , शुक्रवार

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज /काठमाडौं । दुबई पठाईदिन्छु भन्दै रकम ठगी गरको अभियोगमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि ७ लाख ५० हजार रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिन्छु, मासिक १ लाख रूपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडित व्यक्तिबाट ७ लाख ५० हजार रुपैयाँ लिई ठगी गरी फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।