२०८१ बैशाख ७ , शुक्रवार

नियमित अदुवा पानी सेवन गर्नुका ५ फाइदाहरु

 

सुनाखरी न्युज / काठमाडौँ  ।

अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ । अदुवाले बिभिन्न प्रकारका रोग निको पार्छ । हामीले अदुवा सजिलोसंग नै बजारमा पाउन सक्छौ । पानी उमालेर अदुवाको सानो सानो टुक्रा त्यसमा हालेर खादा पनि हाम्रो घाटी दुखेको, छाती दुखेको निको हुन्छ ।विशेष गरी यदि तपाईंले बिहान खाली पेटमा अदुवाको पानी पिउनुहुन्छ भने यो थप लाभदायी हुन्छ । यस लेखमा, हामी तपाईलाई बिहान खाली पेटमा अदुवाको पानी पिउनुका ५ फाइदाहरू बताइरहेका छौँ ।

 

 

१. तौल घटाउन मद्दत गर्छ

खाली पेटमा अदुवाको पानी पिउनाले मेटाबोलिजम तेज हुन्छ । जब तपाईंको मेटाबोलिजमले राम्ररी काम गरिरहेको हुन्छ, यसले दिनभर सामान्य क्रियाकलाप गर्दा पनि क्यालोरीहरू बर्न गर्ने काम गर्छ । जसले तब्र रुपमा फ्याट बर्न गर्न मद्दत गर्छ । यसले शरीरलाई प्राकृतिक रूपमा डिटक्सिफाइ गर्न पनि मद्दत गर्छ ।

२. चिसोको बाथ र कम्मर दुखेमा

आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ ।

 

 

३. उल्टी

अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३९३ घण्टाको अन्तरमा १९१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।

४. सुन्निने समस्या हटाउन सहयोगी

शरीर सुन्निनेजस्ता समस्या हटाउन यसले मद्दत गर्छ । अदुवामा प्रचुर मात्रामा एन्टी९इन्फ्लेमेटरी गुण हुन्छ, यसले कीटाणु र हानिकारक ब्याक्टेरियासँग लड्न मद्दत गर्दछ । क्रोनिक इन्फ्लामेटरीसँग लड्न अदुवा पानी धेरै लाभदायक छ ।

 

 

 

५. पेटका लागि लाभदायी

खाली पेटमा अदुवाको पानी पिउनाले पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्छ । जसले गर्दा अपच, कब्जियत, पेट फुल्ने, बान्ता९पखाला र वाकवाकी जस्ता समस्यालाई हटाउन पनि यो निकै प्रभावकारी हुन्छ ।

अदुवाको पानी कसरी बनाउने

अदुवाको पानी बनाउनका लागि, तपाईंले अदुवाको टुक्रालाई एक गिलास पानीमा १ इन्चसम्मको अदुवाको टुक्रा पिसेर हाल्नुहोस् र यसलाई उमाल्नुहोस् । त्यसपछि यसलाई छान्नुहोस् र एक चम्चा महसँग कागतीको रसमा मिसाएर खानुहोस् ।