२०८० चैत्र १५ , बिहिवार

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी

सुनाखरी न्युज/ काठमाडौं । निरन्तर उत्कृष्टताका नयाँ÷ नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको छ। र, पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको छ। आइसी र इभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको विक्री परिमाणसन् २०२२को सुरुवात देखि नेपाली बजारमा उच्च रहेको छ।

 

सेडान र ह्याचब्याकश्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशालीएवं आकर्षक हुने भएकाले यसलाई बढ्दोसंख्यामा नेपालीग्राहकहरुले रोजिरहेका छन्। फलस्वरूपयहाँउच्चकोटीका एसयूभीको मागमा बढोत्तरी भइरहेको छ। नेपाली बजारमा विभिन्न एसयूभी ब्राण्डहरु बीचको तिब्र प्रतिस्पर्धामा नेक्सन अन्य भन्दा बढी कुशलएवं विश्वसनीय सावितहुनुको पछाडी तीनमहत्वपूर्ण तत्वहरु छन्।यीहुन् मनमोहक डिजाइन, उच्चशक्ति र विशेष सुरक्षा।यहीकारण नेक्सनले धेरै भन्दा धेरैग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्तिगरी उनीहरुलाई सर्वश्रेष्ठयात्राअनुभवको प्रत्याभूति गरिरहेको छ । यससँगै यो एसयूभीले नेपाली अटोमोबाइलबजारमा आफ्नो एक विशिष्ठपहिचानबनाइरहेको छ।

१२०० सी .सी को रेभोट्रन पेट्रोल इन्जिन र १५०० सी .सी को डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्धितीय छ।२०९ मिलिमिटर लामो “ग्राउंड क्लेरेन्स“ सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित योचार पांग्रे नेपाली सडकमा सुहाउँदो पनि छ। त्यसैगरी,आज भन्दा एक वर्ष अघि सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा विक्रीवितरण आरम्भ गरिएकोनेक्सनइभी (विद्धुतीय गाडी) ले विशेषत पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरुको मन र मष्तिस्कमा अमेट्य छाप छोड्न सफलभएको छ। यसको एक मुख्य कारण सिप्रदीले नेपालमा समग्र विद्धुतीय गाडीको पर्यावरण प्रणालीमा (इभीइको सिस्टम) पुर्याइरहेको सकारात्मक योगदान हो।

 

१८ भन्दा बढी फास्ट चार्जिंग र १२० भन्दा बढी स्लो चर्जिंग संजालहरु सहित यस इभीले नेपालको सन्दर्भमा पहिलो र एक मात्र इजीचर्जिंग एपको सुविधाप्रदान गरिरहेको छ। नवीनतम सोच र समुच्च प्रणालीको समिश्रण नेक्सनइभीले सरल, सहज र सुन्दर यात्राको प्रत्याभूति गर्दछ। नेक्सन नेपालको अग्रणी एसयूभीको रुपमा स्थापित हुनुले यसका हरेक प्रकृतिका गाडीहरुले नेपाली ग्राहकहरुको माया र विश्वास जितेको प्रष्ट्याउँदछ।