२०८० चैत्र १६ , शुक्रवार

विश्व बैंकले दिने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार

सुनाखरी न्युज/ काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

 

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्री कार्कीका अनुसार विश्व बैंकबाट हरित उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन डलर करिब १२ अर्ब ७० करोड रुपैयाँ सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै, बैठकले जापान सरकारबाट प्राप्त हुने ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ। पूर्वी तराईको सिचाई प्रणाली पुनर्स्थापना आयोजनाका लागि जापनी येन २२५६ मिलियन २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।