२०८० चैत्र १६ , शुक्रवार

कार दुर्घटनामा हलिउड अभिनेत्री एनी हेचेको निधन

सुनाखरी न्युज /हलिउडकी चर्चित अभिनेत्री एनी हेचेको ५३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । अभिनेत्री हेचेको कार अगस्त ५ मा दुर्घटनामा परेको थियो । दुर्घटनापछि गम्भीर अवस्थामा अस्पताल भर्ना भएकी थिइन् । कार दुर्घटनामा एनीको मस्तिष्क मृत भएको थियो । उनी विगत एक सातादेखि कोमामा थिइन् । कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचेको उपचारको क्रममा निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालले उनलाई कानुनी रुपमा मृत घोषणा गरेको हो ।

 

तर अंगदानको निधो नभएसम्म भने उनको शवलाई भेन्टिलेटरमै राखिने जनाइएको छ । आगामी मंगलबारसम्म भेन्टिलेटरबाट निकालेर एनीको अंगलाई दान दिने तयारीमा परिवार छ ।हेचेले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।

 

 

एनीको निधनले उनका परिवारका सदस्य, साथीभाइ र फ्यानहरू शोकमा छन् । हलिउडलगायत बलिउड सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर एनीलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन यसैबीच अभिनेत्री प्रियंका चोपडाले पनि पोस्ट सेयर गर्दै आफ्नो सहकलाकार एनीलाई सम्झिएकी छिन् । प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल स्टोरीमा पोस्ट सेयर गर्दै लेखेकी छिन ‘मेरो हृदय एनी हेचेका छोराछोरी, परिवार, साथीहरू र सबैलाई जान्छ । तपाईलाई चिन्नु र तपाईसँग काम गर्न पाउनु सम्मानको कुरा हो । एक सुन्दर व्यक्ति र एक अविश्वसनीय अभिनेत्री। मेरो हृदयमा सधैं एक विशेष स्थान छ ।’एजेन्सी