२०८० चैत्र १५ , बिहिवार

सुनचाँदीको मूल्य बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनचाँदीको मुल्य बढेको आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।