२०८१ बैशाख ११ , मंगलबार

देशभर आंशिकदेखि सामान्य बदली, मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। आज (आइतबार) बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ ।

 

त्यस्तै, बाँकी प्रदेशमा भने सामान्य बदली रहेको छ । त्यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने देशका पहाडी भू-भागमा सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।