२०८१ बैशाख ७ , शुक्रवार

अर्थसचिवमा कृष्णहरि पुस्कर र राजश्वमा रामेश्वर दंगाल नियुक्ति

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले कृष्णहरि पुष्कारलाई अर्थसचिवमा नियुक्त गरेको छ । मन्त्रीपरिषदको बिहीबार बसेको  बैठकले राजश्व सचिवको रुपमा कार्यरत पुस्करलाई अर्थसचिवमा नियुक्त गरेको हो ।

तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीसँग अर्थमन्त्री जनार्दन शर्माको द्वन्द्व भएको थियो । शर्मा नै पुनः अर्थमन्त्रीको रुपमा आएपछि उहाँले प्रधानमन्त्रीलाई अनुरोध गरी अर्थमन्त्रालय छाड्नु भएको थियो । उहाँलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि रिक्त रहेको अर्थसचिवमा पुस्करलाई ल्याइएको हो ।

बिहीबारको क्याबिनेटले पुस्करलाई अर्थसचिव बनाएपछि रिक्त रहेको राजश्व सचिवमा रामेश्वर दंगाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।