२०८० चैत्र १५ , बिहिवार

कोरोनाले आज पनि २ को मृत्यु, थप ७८१ मा संक्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा  थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार शुक्रबार ४ हजार ७१२ नमुना परीक्षणमा ७८१ जना संक्रमित फेला परेका हुन् ।

पीसीआर २ हजार २९० परीक्षणमा ४१९ र एन्टिजेन २ हजार ४२२ परीक्षणमा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोही अवधिमा ५११ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।

 

२४ घण्टामा २३ हजार ८०१ जनाले खोप लगाएका छन् ।