२०८१ बैशाख १२ , बुधवार

पौडी खेल्ने क्रममा ३ जनाको मृत्यु

सुनाखरी न्युज / बिराटनगर। झापा र ताप्लेजुङको २ फरक फरक स्थानहरुमा पौडी खेल्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।

 

हिजो बेलुका ४ बजे झापा शिबसताक्षी नगरपालिका-९ आईतबारे बस्ने सुस्मा सुन्दासकी छोरी ११बर्षीया एन्जिला सुन्दास र सोही स्थान बस्ने धुर्व राईको छोरा १२ बर्षीय सिकुम राई स्कुलबाट घर फर्की कन्काई सिँचाई नहरमा पौडि खेल्न गएकोमा बेपत्ता भएको खबर ईप्रका झिलझीलेमा प्राप्त हुनसाथ अस्थाई प्रहरी चौकी माईधार र ईलाका प्रहरी कार्यालय झीलझिलेबाट प्रहरी टोलि खटिगई स्थानियको सहयोगमा सोही नहरमा खोजतलास गर्ने क्रममा सताक्षी खोलामा दुबै जना मृत अबस्थामा फेला परेका थिए ।

 

त्यस्तै हिजै बेलुका सोही समयमा ताप्लेजुङ पाथिभरा याङबरक गाँउपालिका-४ डुम्रिसे बस्ने २१ बर्षीय रोशन तामाङ याङबरक-४ स्थितमा रहेको सिवानी हाइड्रो पावरमा लानको लागी जम्मा गरेको पानीको ड्याम ( इनटेक ) मा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।