२०८१ बैशाख ७ , शुक्रवार

सशस्त्र प्रहरीद्वारा विलविजक अनुरुप नभएको विभिन्न सामानसहित पक्राउ

सुनाखरी न्युज / काठमाडौं । झापा। झापा जिल्लाको गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीव ९४ लाख ४८ हजार रुपैयाँ बराबरको विलविजक अनुरुप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ।

 

सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षिय धनिलाल राजबंशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले पक्राउ गरेको हो । ग्वालडुब्बाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ९ सय ९० के.जी. रेडिमेड कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामानसहित राजबंशी पक्राउ परेका हुन् ।

 

बरामद ट्रकसहित राजबंशीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।