२०८० चैत्र १६ , शुक्रवार

बढ्दै कोरोना संक्रमण, एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु, ८१५ जनामा संक्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौं ।
कोरोना संक्रमण वाट नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी ५ जनाको मृत्यु भएको हो । यस्तै ४ हजार ५३४ नमुना परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ४११ पीसीआर परीक्षणमा ४६५ र २ हजार १२३ एन्टीजेन परीक्षणमा ३५० जनामा संक्रमण देखिएको छ । २४ घण्टामा ४७६ जना निको भएका छन् । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

 

२४ घण्टामा ३१ हजार ७६१ जनाले खोप लगाएका छन् ।