२०८१ बैशाख ११ , मंगलबार

शेयर कारोबारमा निरन्तर गिरावट, १८ दशमलव ९६ अंकले घट्यो नेप्से

सुनाखरी न्युज / काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार १८ दशमलव ९६ अंकले घटेको छ ।

आज नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो ।

 

हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३३३.६० रुपैयाँ पुगेको छ भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १४३.२० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ७ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।